चितवनका कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

चितवनका कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुरका ७८ वर्षीय पुरुषको आज (सोमबार) विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । यससंगै चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।