चितवनमा ५५६ परिक्षण गर्दा १ जनामा मात्रै कोरोना पुष्टि

चितवनमा ५५६ परिक्षण गर्दा १ जनामा मात्रै कोरोना पुष्टि

चितवनमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा गरियको परिक्षणमा भरतपुर ७ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भयको हो । उनि होम क्वारिनटिनमा बसेका थिय । गयराति प्रयोगशालामा ५५६ वटा नमुनाको परिक्षण गरियकोमा ५५५ जनाको रिपोर्ट भने नेगेटिभ आयको अस्पतालको प्रयोगशाला प्रमुख नितु अधिकारिले जानकारि दिनुभयो । यो संगै चितवनमा कोरोना सक्रमितको संख्या २८१ पुगेको छ ।