भोक , दूध र मेरो स्तन

भोक , दूध र मेरो स्तन

सन्तोष कार्की मौसुफ

यो मेरो त्यही स्तन हो?

जसलाई तिमी हरेक समय घोरिएर हेरिरहन्छौ ,

खेतको आलिमा । बाटोमा हिड्दा कम्पनिमा काम गर्दा ,

अफिसमा सफाइ गर्दै गरेको समयमा म निहुरिने समय घोरिइ रहन्थ्यौं ।

ताकी तिमी मेरो बस्त्र लाई देखेर मेटाउन सकोस् ,

आफ्नो खराब बिचार ताकी तिमी मेरो ब्रा बाट बाहिर निस्किएको मासुको डल्ला लाई देखेर मेटाउ सकोस् ,

आफ्नो बासनापुर्ण आँखाको प्यास ।

आज मेरो यो स्तन जब भोक को कारण सुकिरहेको छ ।

यसमा दूध नबनेको कारण तिमिले हेर्न पनि छोड्दियौं ,

आज मेरो जन्मिएको बच्चा ,दूध बिना नै ,चिच्याई रहेको छ ।

रोटिको लागि मेरो शरीर मेरो रगत को अन्तिम थोपा सम्म ,

दिनदिनै सुक्दै छ ।

मेरो सुक्दै गरेको निप्पल मुखमा तानी रहेको छ मेरो बच्चा आफ्नो आँसु ले मेरो स्तनलाई भिजाउने कोशिश गरिरहेको छ ।

र साथमा असम्बेदनशिल अन्यायी ब्यथा ले रोटिको अनुरोध गर्दै छ ।

यदि तिम्रो आँखामा सम्बेदना छ भने एक पटक फ़ेरि हेर ,

मेरो बच्चालाई ,उसको आँखालाई ,

उसको सुकेको ओंठमा गाडिएको मेरो सुख्खा निप्पल लाई उसको स्वर्ग जस्तो आमा दूध बिहिन सुख्खा स्तन हेर्नुहोस ।

र फ़ेरि अन्तिममा गरिबिको महामारी बाट एक ममतामयी आमाको मृत्यु भएको छ ,