माडीमा दिउसो ४ बजेदेखि निषेधाज्ञा हुदै :तिज आफ्नै घरमा मनाउन नगरप्रमुखको आग्रह

माडीमा दिउसो ४ बजेदेखि निषेधाज्ञा हुदै :तिज आफ्नै घरमा मनाउन नगरप्रमुखको आग्रह

भदौ ०३,

माडी नगरपालिकामा आज दिउसो ४ बजेबाट लागु हुने गरी निषेधाज्ञा लगाइएको छ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुदै गएपछि आजबाट भाद्र ५ गते राति १२ बजे सम्म माडी नगरपालिकामा निषेधाज्ञा लगाइएको माडी नगरपालिकाका सुचना अधिकारि प्रविन भण्डारीले जानकारी दिनुभयो।माडी नगरपालिकाबाट भएको यस निर्णयको पुर्णपालन गर्न उहाले आग्रह समेत गर्नुभयो ।भाद्र ५ गते नेपाली नारीहरुको पर्व हरितालिका तिज समेत रहेकाले यसक्रममा हुने आवात-जावतले समुदायमा संक्रमणको जोखिम बढाउन सक्ने आकलन गरि लकडाउन गर्नुपरेको उहाको भनाइ थियो ।व्यबसायी र नगरबासीहरुलाई आवश्यक सामाग्रीहरु मौज्दात राखी दैनिकी सामान्य बनाउन अनुरोध समेत गरिएको छ । यसैबीच माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले यसबर्ष घरभित्रै बसी तीज मनाउन आग्रह गर्नुभएको छ ।नगरप्रमुख ढकालले चितवनको समुदायमा कोरोना देखिइसकेको अवस्थामा छोरीबुहारीहरुलाई घरभित्रै तीज मनाउन अनुरोध गर्नुभएको हो । बाहिर भीडभाड गर्दा कोरोनाको संक्रमण फैलन सक्ने भएकाले यस बर्ष आफ्नै घरमा तिज मनाउन आग्रह गरिएको उहाले बताउनुभयो ।