यस्तै अबस्था रहे चितवनमा लकडाउन हुन सक्छ : प्रमुख जिल्ला अधिकारी

यस्तै अबस्था रहे चितवनमा लकडाउन हुन सक्छ : प्रमुख जिल्ला अधिकारी

साउन २९, चितवन जिल्लामा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएसंगै जिल्ला प्रशासन कार्यालयले चिन्ता ब्यक्त गरेको छ। प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्टराइले केहि व्यक्तिको हेलचक्राइले समग्र चितवन नै उच्च जोखिममा परेको बताउनुभयो।

उहाले तराइका क्षेत्र तथा भारतबाट आउने कामदारका कारण जोखिम झन् बढेको बताउनुभयो। अहिले सम्म जिल्लामा कोरोना संक्रमण नियन्त्रण भित्रै रहेको बताउदै उहाले यस्तै अवस्था रहे चितवनमा पहिलेको भन्दा झन् कडा लकडाउन गर्ने चेतावनी दिनुभयो।

नागरिक सचेतनाको अभाब भैरहेको भन्दै लकडाउन सिर्जना गर्न बाध्य बनाउन खोजिएको उहाको भनाइ थियो ।

हिजो केहि कोरोन संक्रमित व्यक्ति स्वाब दिएर घर गएको बताउदै उहाले यस्तो कार्य नागरिक तहबाटै हुनु दुखको कुरा भएको बताउनुभयो।

आफुहरु दिनरात नभनी कोरोना रोकथामका लागि खटिरहेको बताउदै उहाले नागरिक तहबाट हुने यस्तो कार्यले आफुलाई दुखित बनाएको गुनासो गर्नुभयो। अहिले चितवन जिल्ला चारै तिरबाट घेरिएको बताउदै हामि आफै सुरक्षित भएमात्र आफ्नो परिवार र पुरै जिल्ला सुरक्षित हुने उहाको भनाइ थियो। उहाले यस्तो हेलचक्राइ बन्द गर्न आग्रह समेत गर्नुभयो।