माडीमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल गर्न रोक

माडीमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल गर्न रोक

समुदाय स्तरमानै काेराेना भाइसकाे जाेखिम बढ्दै गएपछि माडी नगरपालिकाले श्रावण ३१ गतेदेखि भदौ ५ गतेसम्म यातायात तथा जनमानसलाई माडी बाहिर जान तथा माडी प्रवेशमा रोक लगाउने भएकाे छ। नगरपालिकाकाे काेराेना राेकथाम तथा नियन्त्रण समन्वय समितीले गरेकाे निर्णय अनुसार १ हप्ताकाे लागि माडी अावतजावतमा राेक लगाइएको हाे। काेराेनाकाे जाेखिम कम गर्न माडीवासिलाई पनि भिडभाड नगर्न र सुरक्षित भएर अाफ्नाे कार्य गर्न अाहवान गरेकाे छ। नजिकिदै गरेकाे हरितालिका तिज समेत अाफ्नै घर परिवार मा मात्र मिलेर मनाउन र भिडभाड नगर्न समितिले अाह्वान गरेकाे छ।

यस्तो छ आज समितिले गरेकाे निर्णय

१) कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई नियन्त्रण र रोकथामका लागि DCMC भरतपुरको निर्णय अनुसार नै यस माडी नगरपालिका क्षेत्रभित्र पनि बेलुका ९ बजेपछी बिहान ५ बजे सम्म हिँडडुल गर्न तथा सवारी साधन चलाउन निषेध गर्ने

२) नेपालीहरुको पर्व हरितालिका तिजको अवसरमा हुने भिडभाडबाट संक्रमणको जोखिम उच्च रहने हुँदा सोको नियन्त्रणका लागि श्रावण ३१ गतेदेखि भदौ ५ गतेसम्म यातायात तथा जनमानसलाई माडी बाहिर जान तथा माडी प्रवेशमा रोक लगाउने

३) श्रावण ३१ गतेदेखि भदौ ५ गतेसम्म आवतजावत गर्न निषेध गरिएकोले उद्योगी व्यवसायी तथा सर्वसाधरणहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्रीहरु मौज्दात राखी आ–आफ्नो दैनिकीलाई सहज गर्नु गराउनुहुन सम्पूर्ण व्यवसायी तथा नगरवासीमा अनुरोध गर्ने

४) माडी नगरपालिकाभित्र कोभिड १९ को संक्रमणबाट बच्न अपनाइएका गतिविधिहरुको अनुगमन गर्ने गराउने कार्य नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती मार्फत् भईरहेकोले सोको निरन्तरता सहित स्थापना भएका हेल्थ डेस्क, क्वारेन्टाइन सेन्टर र आइसोलेसन वार्डको अनुगमन साथै विदेश तथा स्वदेशबाट माडी प्रवेश गर्ने जोखिममा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको अनुगमन÷मुल्याङ्कन र परिक्षण कार्य सम्बन्धित वडामा रहेको व्यक्तिको घरघरमा पुगि गर्ने गराउने

५) माडी नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यवसायी, संघसंस्था, बैँक तथा वित्तिय संस्थाहरुलाई सामाजिक दुरी कायम गर्ने हात धुने र सेनिटाइजर प्रयोगको आवश्यक व्यवस्थापन गरि दैनिक कार्य संचालनको व्यवस्था मिलाउन र कोभिड १९ को संक्रमणको जोखिम कम गराउनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने

६) घर बाहिर निस्कँदा, सवारी साधनमा चढ्दा अनिवार्यरुपमा सामाजिक दुरी कायम हुने साथै मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गर्ने, र यस्तो व्यवहार अबलम्बन नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही र सजाय हुने व्यहोरा सम्पूर्ण नगरवासी तथा सरोकारवालामा जानकारी गराउने

७) माडी प्रवेश नाकाबाट हुने आवतजावतको हकमा उपर्युक्त व्यवस्थालाई कार्यान्वयन गरि सहयोग गरिदिन कसरा स्थित नेपाली सेनाको बटुकदल गणलाई अनुरोध गर्ने र माडी–९, बाँदरझुलाका बासिन्दाको हकमा बाँदरझुला स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको कार्यालय, बाँदरझुलाले अत्यावश्यक काममा जानुपर्नेलाई मात्र अनुमती पत्र (अस्थायी पास) उपलब्ध गराई नियमन गर्ने गराउने व्यवस्था गर्ने

८) माडी नगरपालिका क्षेत्रभित्रको हकमा उपर्युक्त निर्णय कार्यान्वयनको लागि माडी स्थित इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्टको कार्यालय, छरछरे तथा बाँदरझुला, उद्योग वाणिज्य संघ, माडी शाखा र यातायात व्यवसायी संघ संचारमाध्यम लगायत सबै सरोकारवाला संघ संस्था तथा नगरवासी लाई अनुरोध गर्ने