बुटवलको कोरोना अस्पतालमा उपचाररत २ जनाको मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचाररत २ जनाको मृत्यु

बुटवलको कोरोना बिषेश अस्पतालमा उपचाररत २ जनाको मृत्यु भयको छ । मृत्यु हुनेहरुमा कपिलबस्तुको कपिलवस्तु नगरपालिका वडान २ का ४२ बर्षिय र २५ बर्षिय पुरुष रहेका छन् । उनिहरु दुबै जनाको कोरोना बिषेश अस्पतालको आईसुलेसनमा भर्ना भयका थिय । मृतकमध्ये १ जनामा कोरोना पुष्टि भयपनि अर्का एकजनाको भने रिपोर्ट आउन बांकि रहेको छ । अस्पतालको कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बतायअनुसार दुबै जनालाई भर्ना भयकै दिनदेखि भ्यान्टिलेटरमा राखेर उपचार सुरु गरियको थियो । २५ बर्षिय पुरुष केहि दिन अंघि भारतको मुम्बईबाट आयका हुन उनमा ज्वरो आउने खोकि लाग्ने र स्वासप्रश्वासमा समस्या देखियपछि कोरोना अस्पतालमा भर्ना गरियको थियो ।

यो पनि पढ्नुहोस

चितवनको इच्छाकामनामा पहिलो पटक पटक कोरोना संक्रमति भेटएिका छन् । भरतपुर अस्पतालको कोभडि १९ परक्षिण प्रतोगशालामा साउन २७ गते गरएिको ३१० स्वाब परक्षिण मध्य २१ वटा नमुना स्वाबमा कोभडि १९ पुष्टी भएको छ । जसमा इच्छाकामना ५ नविासी ७८ बर्षकी महिला सहित १२ जना चितवनको र अन्य बाहिरी जिल्लाका छन। मौलाकालिका हस्पिटलमा उपचाररत इच्छाकामना निवासी कोरोना संक्रमतिको अवस्था सामान्य रहेको भरतपुर अस्पतालले जनाएको छ।
इच्छाकामनामा पहिलो पटक कोरोना संक्रमित भेटिएसगैँ चितवनका सबै सात वटै स्थानीय तहमा कोरोना फैलिएका छन् ।

यो पनि पढ्नुहोस

बाणिज्य बैंक शाखा कार्यालय भरतपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि गरिएको नमुना परिक्षणमा अन्य कर्मचारीको नतिजा नेगेटिभ आएको छ । शाखा प्रबन्धक ईश्वरी न्यौपानेका अनुसार त्यहाँ कार्यरत अन्य २४ जना कर्मचारीको नमुना परिक्षणमा नतिजा नेगेटिभ आएको हो ।

शनिबार गरिएको परिक्षणमा त्यहाँ हाँजिर गरेर आन्तरिक राजस्व कार्यालय भरतपुरको काउण्टरमा कार्यरत एक कर्मचारीको नतिजा पोजेटिभ आएको थियो । त्यस लगत्तै त्यहाँका सबै कर्मचारी घरकै क्वारेन्टिनमा बसिरहेका छन् । प्रबन्धक न्यौपानेले अन्य केही कर्मचारीको स्वाब परिक्षण गरेर बैंक खोल्नु पर्ने कर्मचारीको भनाई रहेको बताउनुभयो । बाणिज्य बैंकमा सेवा ग्राहीको ठूलो चाप हुने गर्दछ ।

अन्य कर्मचारीको स्वाबको नतिजा नेगेटिभ आए संगै त्यहाँ कारोवारका लागि पुगेका सर्बसाधारणमा खतरा कम भएको देखिएको छ । बैंक बन्द हुँदा अरु बैंकलाई नोट कोषको काम गर्न अफ्ठ्यारो परेको छ । त्यस बाहेकका सबै काम अन्य शाखाबाट हुने न्यौपानेको भनाई छ । बैंक बन्द भए पनि मंगलबार पेन्सनको रकम सम्बन्धितको खातामा पठाईएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा यसै बैंकले राष्ट्र बैंकमार्फत गर्नुपर्ने कतिपय काम गर्ने गरेको छ ।