खैरहनीको होम क्वारेन्टिनमा रहेका एकको मृ’त्यु

खैरहनीको होम क्वारेन्टिनमा रहेका एकको मृ’त्यु

चितवनः खैरहनी नगरपालिकाको होम क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य काार्यलय चितवनका अनुसार गत साउन ६ गते बाराको कलैयाबाट खैरहनी नगरपालिका वडा नम्बर ६ के सी वोरा उद्योगमा आएका ६ जना मध्ये एक जनाको मृत्यु भएको हो ।
अन्दाजी ४१ वर्षिय पुरुषको होम क्वारेन्टिनमा रहेको समयमा आज विहान मृत्यु भएको हो । सामान्य मजदुरको काम गर्ने ती पुरुषको स्वाब संकलन गरि भरतपर कोभिड १९ प्रयोगशाला पठाउने तयारी गरिएको छ ।
मृतकमा कोरोना भाईरस सम्बन्धि कुनै लक्ष्यण नदेखिएको तिवारीले जानकारी दिनुभयो ।