भोलि देखि सार्बजनिक यातयात चल्ने , आफ्नै भान्जाको हत्या गर्ने मामा पक्राउ

भोलि देखि सार्बजनिक यातयात चल्ने , आफ्नै भान्जाको हत्या गर्ने मामा पक्राउ

साउन ५ – झन्डै चार महिना सम्म ठप्प प्राय रहेका सार्बजनिक यातयात भोलिबाट संचालनमा आउने भयका छन् । सरकारले गत असार २६ गते देखि ब्याबसायिहरुलाई सार्बजनिक यातयात चलाउन निर्देसन दियको थियो तर ब्याबसायिहरुले भने बिभिन्न माग राख्दै यातयात चलाउन नसक्ने बताउदै आयका थिय । सुरक्षाका कारण देखाउदै सरकारले सवारि साधनमा क्षमताभन्दा आधामात्रै यात्रु राख्न पाईने र भाडादर ५०प्रतिसत बढाउने निर्णय गरेको थियो । तर आज यातयात ब्याबसायि र यातयात ब्याबस्था बिभाग बिच भयको छलफल सहमतिमा गय संगै भोलि देखि नै यातयात संचालनमा आउने छन् । तर हाललाई भने अन्तर जिल्लामा मात्रै यातयात संचालनमा आउने छन् । ब्याबसायिहरुले भने लामो दुरिका यातयात पनि संचालनमा ल्याउने तयारि भइरहेका छन् ।

आफ्नै भान्जाको अपहरण पछि हत्या गर्ने मामा पक्राउ

आफ्नै भान्जाको अपहरण पछि हत्या गरेर फाल्ने मामा १३ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका मुजफ्फापुरका ४५ बर्षिय राजेश कुमार गुप्ता रहेको महानगरिय अपराध महासाखाले जनायको छ । बिस २०६४ साल असोज २४ गते उनले खिचापोखरि बस्ने ११ बर्षिय रोहित गुप्तालाई अपहरण गरेर परिवार संग २ लाख ५० हजार रुपैया फिरौति मागेकाे मा पछि रु २ लाखमा कुरा मिलेको र सो रकम उनि आफैले बुझेर लगेका थिय । तर त्यसको ३ दिनपछि असोज २७ गते ३ दिनपछि बालकको शब भेटियको थियो । घटनामा संलग्न धादिंगका बिष्णु सुनारलाई भने प्रहरिले सोहि बर्ष मंसिर १२ गते पक्राउ गरिसकेको थियो ।