लकडाउन खुकुलोः मोटरसाइकलमा एक र कारमा दुई जना मात्रै बस्न पाइने

लकडाउन खुकुलोः मोटरसाइकलमा एक र कारमा दुई जना मात्रै बस्न पाइने

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारी साधानहरुलाई जोरबिजोर अनुसार चल्न दिने निर्णय गरेको छ । जस अनुरुप अब मोटरसाइकलमा एक जनाले मात्र यात्रा गर्न पाउने भएको छ ।

सरकार प्रवक्ता डा.युवराज खतिवडाले सवारी संचालनमा केही खुकुलो बनाए पनि मोटरसाइकलमा एक जना मात्रै यात्रा गर्न पाउने निर्णय गरिएको बताए । यस्तै उनले चार पाँग्रे सवारी साधनमा दुई जना मात्रै यात्रा गर्न पाइने बताए । त्यसका लागि सवार दुवै जनाले सुरक्षा साबधानी अपनाउदै गाडीलाई समेत डिसइन्फेक्सन गर्नुपर्ने बताए । यस निर्णयसंगै भोलिदेखि अब निजी सवारी साधनहरु निर्वाध रुपमा संचालन हुन पाउने छ ।