नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या२३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २३ सय पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् ।

उनका अनुसार हालसम्म १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ ।