नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृतकको संख्या ९ पुग्यो

नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृतकको संख्या ९ पुग्यो

नेपालमा कोरोनाका भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको हो ।

दोलखाका एक जनाको कोरोना परीक्षणको रिपोरट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणक कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको हो ।

बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या२३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २३ सय पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् ।

उनका अनुसार हालसम्म १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् ।