टिभी च्यानल परिवर्तन गरेको रिसमा आफ्नै प्रेमीलाई टोकेर घाइते बनाउने प्रेमीका पक्राउ

टिभी च्यानल परिवर्तन गरेको रिसमा आफ्नै प्रेमीलाई टोकेर घाइते बनाउने प्रेमीका पक्राउ

अमेरीकाको उत्तर क्यारोलिना, लेक्सिंगटनकी २१ वर्षीया एबी निकोल सौन्डर्सलाई उनकै २९ वर्षीय प्रेमी ब्रान्डन कोडी निकोलस म्याकडेललाई टोकेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटना केहि समय पहिलेको हो

शनिबारको दिन घरमा टिभी हेर्दै गर्दा आफ्नो अनुमति बिना नै कोडीले च्यानल चेन्ज गरेका कारण एबीले आफ्नै प्रेमीलाई टोकेकी छन् । घटनाको दिन एबी आफूलाई मनपर्ने टिभि कार्यक्रम हेर्दैथिइन् । सोही समयमा कोडीले अर्को च्यानल लगाएपछि एकोहोरीएर टिभी हेरिरहेकी एबी निकै रिसाइन् । उनले रिसको झोकमा आफ्रनै प्रेमीलाई पटक पटक झम्टिएर टोकेकी थिइन् ।

घरमा फैलिएको अशान्तिका कारण घटना भएको केही समयमै प्रहरी उक्त स्थानमा आइपुगेको थियो । प्रहरी आएर घटनाको छानबिन गर्दा कोडीको घाँटी, दाहिने पाखुरा र छातिमा टोकेको घाउ भेटिएको थियो ।

घटनापछि पक्राउ परेकी एबीलाई प्रहरीले घरेलु हिंसा सम्बन्धिको आरोप लगाएको छ । प्रेमिकाको टोकाइमा परेका कोडीलाई उपचारका लागि अस्पताल पठाइएको थियो ।