मृत्यु भएकी महिलाको उपचारमा ‌संलग्न तीन जना आइसोलेसनमा

मृत्यु भएकी  महिलाको उपचारमा ‌संलग्न तीन जना आइसोलेसनमा

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उनको उपचारमा संलग्न ३ जनालाई पनि आइसोलेसनमा राखिएको छ ।

अस्पतालका एक चिकित्सकका अनुसार सुत्केरी महिलाको उपचारमा प्रत्यक्ष संलग्न ३ जनालाई आइसोलेनमा राखिएको छ । उनीहरुको पनि कोराना परीक्षणका लागि थ्रोट स्वाब संकलगन गरी प्रयोगशालामा पठाइएको छ ।

धुलिखेल अस्पतालमा बिहीबार साँझ आकस्मिक रुपमा भर्ना भएकी सुत्केरी महिलाको मृत्युभएको थियो । धुलिखेल अस्पतालको प्रयोगशालामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि मृतक महिलाको नमूना पुन परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले बतायो ।

अस्पतालका प्रवक्ता सुमन ताम्राकारले महिलाको मृत्यु भएको पुष्टि गरेपछि महिलाको कोरोना परीक्षणको रिपोर्टबारे भने कुनै जानकारी दिएका छैनन् । धुलिखेल अस्पतालमा महिलाको मृत्युभएपछि अहिले अस्पताललाई सील गरिएको छ । स्वास्थ्य मन्त्रालयले पनि सो घटनाको विषयमा अहिले केही बोल्न चाहेको छैन ।