कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतिय शव दाह गृहमा अन्त्यष्टि

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतिय शव दाह गृहमा अन्त्यष्टि

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले ती महिलाको शब विद्युतिय शव दाह गृहमा जलाइएको बताए ।

ढकालका अनुसार उनको शव शनिबार राती ९ बजे पशुपति आर्यघाटमा पुर्‍याइएको थयो । उनका अनुसार कोरोनाका कारण महिलाको मृत्यु भएकाले शब जलाउन पीपीई लगाएका सुरक्षाकर्मी र दुईजना आफन्त मात्र उपस्थित थिए ।

कोरोना संक्रमितको शव ल्याउनु अघि नै पशुपति क्षेत्रलाई सील गरिएको थियो ।

कोषका सदस्य सचिव ढकालले खबरहबसँग भने, ‘संक्रमित महिला भएकाले सुरक्षाकर्मीको टोली पनि आउनुभएको थियो, हाम्रो सवदाह गृहका दुईजना कर्मचारीले पीपीई लगाएरै शवको अन्त्यष्टि गरे ।’

कोषका सदस्य सचिव ढकालका अनुसार सब संक्रमित महिलाको शब जलाउनु अघि शवगृहलाई निसंक्रमण औषधि छर्किएको थियो ।