नेपालले आज सेमिफाइनलमा श्रीलंकाको सामना गर्दै

नेपालले आज सेमिफाइनलमा श्रीलंकाको सामना गर्दै

साफ अण्डर १७ च्याम्पियनसिपको सेमिफाईनल खेलमा आज नेपालले आयोजक श्रीलंकासँग खेल्दैछ ।

राजधानी कोलोम्बोस्थित रेसकोर्स ग्राउण्डमा हुने दोश्रो सेमिफाईनल खेलमा नेपालले श्रीलंकासँग खेल्न लागेको हो ।

यो खेल नेपाली समयानुसार राति ८ः१५ बजेबाट शुरु हुनेछ ।

पाल समूह ‘बी’ को विजेताको रुपमा अन्तिम चारमा आईपुगेको हो भने श्रीलंका समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाईनलमा पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो भने दोश्रो खेलमा भारतमाथि ३–१ गोल अन्तरको जित निकालेको थियो ।

उता श्रीलंका समूह चरणको पहिलो खेलमा बंगलादेशसँग ५–१ गोल अन्तरले पराजित भएको थियो भने दोश्रो खेलमा माल्दिभ्सविरुद्ध १–० गोल अन्तरको जित निकालेको थियो ।

आजको खेलमा श्रीलंकाभन्दा नेपाल बलियो देखिएको छ । तर घरेलु टोलि श्रीलंका पनि आजको खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रने पक्का रहेकोले नेपालले मैदानमा केही थप मिहिनेत गर्नुपर्ने हुन्छ ।

नेपाल र श्रीलंकाबिचको विजेताले आजै हुने भारत र बंगलादेशबिचको पहिलो सेमिफाईनल खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

फाईनल खेल भदौं २७ गते बुधबार हुनेछ ।