एसएमएस टिभिको आयोजनामा तिजको दिन माडीको बसन्तपुर खुल्ला नृत्य प्रतियोगिता हुँदै

एसएमएस टिभिको आयोजनामा तिजको दिन माडीको बसन्तपुर खुल्ला नृत्य प्रतियोगिता हुँदै

महिलाहरुकको माहन पर्व हरितालिका तिजको अवसरमा माडीको बसन्तपुर खुल्ला नृत्य प्रतियोगिता संचालन हुने भएको छ।

“कलाको सम्मान एसएमएस टिभिको अभियान” भन्ने मुल उद्देश्यका साथ खुल्ला नृत्य प्रतियोगिता संचालन हुन लागेको आयोजना संस्था एसएमएस टिभीले बताएको छ।कार्यक्रम यहि भाद्र चौध गते हरितालिका तिजको दिन माडीको बसन्तपुर स्थित शहिद चौकमा बिहान दश बजे देखी संचालन हुने छ।

प्रतियोगितामा भाग लिन एवम् नृत्यमा अभिरुचि हुने जो कोहिले इच्छुक व्यत्तिले भाग लिन सकिने आयोजनाले जनाएको छ। कार्यक्रममा सहभागीहुनका लागि मोबाइल ९८४५६२३७०१र९८१२२१५६०१ सम्पर्क गर्न सकिने छ।

प्रतियोगिता सहभागी भैइ उत्कृष्ट नृत्य प्रर्दशन गर्ने प्रथम,द्वतिय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगत पन्ध्र हजार,दश हजार र पाँच हजारको साथमा प्रमाणपत्र प्रधान गरिने एसएमएस टिभीले जनाएको छ।

कार्यक्रमलाई सभ्य रोचक र उल्लासमयको साथमा सफल बनाउन सम्पुर्णमा उपस्तिथिको लागि अनुरोध गरेको छ।यस खुल्ला नृत्य प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज एण्ड भोकेस्नल प्रा.लि नारायणगढ रहेको छ। त्यस्तै सह-प्रायोजकको रुपमा माडीकै पहिलो र एक मात्र मार्ट माडी मार्ट,सन लाईफ ईन्सोरेन्स माडी उप-शाखा बसन्तपुर, प्रींयन्श ईन्टरप्राईजेज नयाँ बजार बसन्तपुर,वेलकम ट्रेडिङ कन्सर्न पुल चौक नयाँ बजार बसन्तपुर त्यस्तै टेन्स अको प्रेसर एण्ड मसाज थेरापी सेन्टर बसन्तपुर र एस:के मोर्ट्श बरुवा बजार रहेका छन्। साउण्ड सर्बिस पाटरेकार्यक्रमको सहयोगी संस्थाको रुपमा द्रुत आवाज राष्ट्रिय साप्ताहिक पत्रीका,युनाइटेड क्लब बसन्तपुर साईड नेपाल लगायत विभिन्न संस्थाहरु रहेका छन्।

कार्यक्रमको दिन भर आयोजक संस्था एसएमएस टिभी र माडी अनलाईन समाचारले लाईभ गर्ने छन् ।