टिपरको ठक्करबाट विद्यालय जाँदै गरेका २ दिदीबहिनीको मृत्यु

टिपरको ठक्करबाट  विद्यालय जाँदै गरेका २ दिदीबहिनीको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई दिदीबहिनीको मृत्यु भएको छ । बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय दिनेश सिम्खडाले जानकारी दिए । बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ८ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ ।

दुर्घटनापछि टिपर चालक फरार भएका छन् । अहिले स्थानीय बासिन्दाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।