संसद् बैठक स्थगित

संसद् बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।

एमसीसीमाथि छलफल गर्न आजका लागि बोलाइएको बैठक अब भोलि बस्ने भएको छ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीमाथिको छलफल अघि बढाउने निर्णय गरेको छ। छलफलमा भाग लिने सांसदलाई ५–५ मिनेटको समय दिइने भएको छ। 

उता, एमसीसीविरुद्धको आन्दोलन पनि चर्किएको छ। नयाँ बानेश्वर–बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।