सेभ द माइन्ड नेपाल द्वारा सिताराम स्कुलमा साइबर अपराध सम्बन्धि प्रशिक्षण

सेभ द माइन्ड नेपाल द्वारा सिताराम स्कुलमा साइबर अपराध सम्बन्धि प्रशिक्षण

सेभ द माइन्ड नेपालले देवघाटमा रहेकाे सिताराम माविमा सामाजिक सन्जालको प्रयोग सम्बन्धमा सचेतना कार्यक्रम गरेकाे छ। सिताराम मावि अध्ययन गर्ने विद्यार्थीहरुलाई समाजिक संजाल कसरी प्रयोग गर्ने भनेर सेभ द माइन्डले प्रशिक्षण दिएको हो।

पछिल्लो समय समाजिक संजाललाई सहि तरिकाले प्रयोग गर्न जान्नेलाइ बरदान बनेको र समाजिक संजाल प्रयोग गर्न नजान्नेको लागि यो अभिसाप बन्दै गएकोले प्रशिक्षणको आवश्यक देखेर सेभ द माइन्डले प्रशिक्षण कार्यक्रम गरेको सस्थांकाे केन्द्रीय अध्यक्ष प्रमिला भुसाल पुजाले बताउनुभयो। उहाँले समाजिक संजाल दुरुपयोग हुदा धेरै अकल्पनीय घटना भएकोले अब यसलाइ रोक्न सस्था लागि परेको र शहरका सुगम ठाउँमा मात्र होइन गाउँ गाउँ कुना काप्चा सम्म पुगेर सचेतना फैलाउने प्रतिबद्धता समेत जनाउनुभएको छ।विशेष गरि 17 बर्स उमेर माथिका युवा युवती देखि 50/55 बर्स सम्मकाले सामाजिक सन्जाल प्रयोग गर्ने हुदा सोही उमेर समुहमा सचेतना कार्यक्रम फोकस गरिने समेत बताउनु भएको थियोकायक्रमकि प्रमुख प्रशिक्षक समेत रहनु भएकी भुसालले घट्ना भै सकेपछि पछुताउनु भन्दा समयमै सचेत गराउनु पर्नेमा जोड दिनु भयो।केन्द्रिय तथा स्थानिय सरकार साथै कुनै पनि संघ सस्थाले सहकार्य गर्नसके यो अभियान देशै भरी लैजाने योजनामा रहेको भुसालले बताउनु भयो कार्यक्रमका प्रमुख अतिथि देवघाट व्यवस्थापन समितिका अध्यक्ष दधिराम सापकाेटाले यस किसिमका कार्यक्रम समयसमयमा राख्न जरुरी रहेकाे बताउदै कार्यक्रम प्रभावकारी रहेको बताए। उहाँले साइबर अपराध बढ्दै गएकाेले अब यस किसिमका प्रशिक्षण राख्न जरुरी रहेको बताए। कार्यक्रमका विशिस्ट अतिथि सिताराम स्कुलका प्रधानाध्यापकले तोस राज पौडेलले स्कुल कलेजका विद्यार्थीहरुले सामाजिक सजांलकाे दुरुपयोग गर्न सक्नाले यस किसिमका कार्यक्रम राखिराख्न पर्ने उनले बताए। कार्यक्रममा विद्यालयका निबर्तमान प्रधानाध्यापक मिलन बाबू घिमिरे, विद्यार्थीहरु विद्यालयका शिक्षकहरु र सेभ द माइन्डका तर्फबाट रिता पाठक, संगीता तिमल्सिना लगायतका अन्य सदस्यहरुकाे उपस्थिति रहेकाे थियो भने कार्यक्रमकाे सन्चालन सुनिता खड्काले गर्नुभएको थियो।