कोरोना माहामारीमा अग्रपंक्तिमा कामगर्नेहरुको सम्मानमा सांझ ७ बजे तालि बजाउन आह्वान

कोरोना माहामारीमा अग्रपंक्तिमा कामगर्नेहरुको सम्मानमा सांझ ७ बजे तालि बजाउन आह्वान

चितवन – कोरोना भाइरसको महामारीको समयमा फ्रन्ट लाइनमा काम गर्नेहरुको सम्मानमा ताली बजाउन चितवनका स्वतन्त्र युवाहरुको समुहले आह्वान गरेको छ । कोरोनाले विश्व नै आक्रान्त भएको अवस्थामा पनि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाईकर्मीको सम्मानमा आइतबार ताली बजाउन चितवनका युवाहरुले आह्वान गरेको हो ।युवाहरुले आइतबार साँझ ७ बजे घरको बार्दली वा आँगनबाट नै उनिहरुको सम्मानमा ताली बजाउन आह्वान गरेको हो । बिषम परिस्थितिमा सबै जना घर भित्रै रहदा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाईकर्मीहरु कोरोना बिरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरिरहेकोले सम्मानका लागि ताली बजाउन आह्वान गरिएको युवाहरुले जनाएका छन् ।तालीले अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई थप हौसला मिल्ने र मनोबल पनि उच्च हुने युवाहरुको भनाई छ ।