चितवनका ४६ सहित थप ५० जनामा कोरोना पुष्टि

चितवनका ४६ सहित थप ५० जनामा कोरोना पुष्टि

भरतपुर प्रयोगशालामा गरियको परिक्षणमा ५० जनामा कोरोना पुष्टि भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा गरियको परिक्षणमा थप ५० जनामा कोरोना पुष्टि भयको छ ।

सक्रमितहरु मध्ये चितवनका ४६, मकवानपुरका १ , बाराका २ , र गोरखाका १ जना रहेका छन् । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा ३०५ वटा नमुनाको पिसिआर बिधिबाट परिक्षण गर्दा ५० जनामा पुष्टि भयको भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला प्रमुख नितु अधिकारीले जानकारी दिनुभयो ।

चितवनका मात्रै ४६ जना

भरतपुर अस्पाताल कोभिड १९ परिक्षण प्रयोगशालामा गरियको परिक्षणमा चितवनका थप ४६ जनामा कोरोना पुष्टि भयको छ । सक्रमितहरु भरतपुर वडानं ५,७, ८ र १० का २४ देखि ४३ बर्षका महिलाहरु रहेका छन् । उनिहरु सबै भरतपुर सेन्ट्रल अस्पताल र भरतपुर अस्पतालमा उपचाररत थिय यस्तै राप्ति नगरपालिका ६ का ४० जनामा कोरोना पुष्टि भयको छ उनिहरु सबै पुलिस क्वारिनटिनमा थिय । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २५५पुगेको छ ।