भारतबाट आयर क्वारिनटिनमा बसेको भोलि पल्टै मृत्यु , कोरोना परिक्षण गरिने

भारतबाट आयर क्वारिनटिनमा बसेको भोलि पल्टै मृत्यु , कोरोना परिक्षण गरिने

बर्दियाकाे गुलरियास्थित बबई बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा रहेका एक ५५ वर्षिय पुरूषकाे मृ’त्यु भएकाे छ ।

अछामबाट ६ दिन पैदल हिँडेर मंगलबार राति बर्दिया पुगेका ती पुरूष गुलरिया नगरपालिका वडा नं ९ का बासिन्दा हुन् । कामका लागि अछाम पुगेका उनी मंगलबार राति नै गुलरियाकाे बबई बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा पुगेका थिए ।

मंगलबार राति क्वारेन्टाइनमा राखियका उनी बुधबार बिहान मृत अवस्थामा फेला परेकाे गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए । उहाँले अहिले मृतककाे स्वाब परिक्षण गर्ने तयारी भइरहेकाे जानकारी दिए ।