कोरोना संक्रमणबाट थप एक भुपु गोर्खा सैनिकको मृत्यु

कोरोना संक्रमणबाट  थप एक भुपु गोर्खा सैनिकको मृत्यु

बेलायतको राजधानी लण्डनमा कोरोनाबाट शनिबार थप एक नेपाली मूलका व्यक्तिको निधन भएको छ । पुर्ख्यौली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपू गोर्खा सैनिक क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिए ।

मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आएका थिए । उनलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको थियो ।

गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्ष गुरुङले बताए । श्वासप्रश्वासमा कठिनाइ आएपछि उनलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो ।