सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ । साथै कर्मचारीको तलब पनि बढेन ।
साउन १ देखि लागु हुने गरेर सरकारी कर्मचारीले पाउने सबै खाले प्रोत्साहन भत्ता खारेज गरिदिएको हो । कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारीले भने भत्ता पाउने छन् ।