ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

निर्माणाधिन मध्यतमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षीय ज्ञानबहादुर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु बहादुर खड्काले जानकारी दिएका हुन् ।

जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आएको ट्रक फुङलिङ नगरपालिका वडा नं ९ कटहरे भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा ज्यान गएको बताइएको छ ।

सहचालक भने सकुशल रहेका छन् । ट्रक ग्रामिण सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले जानकारी दिए ।