लक डाउनमा श्रीमानले छाडेर भागे , पालनपोषण गर्न नसक्ने भयपछि नबजात शिशुको हत्या भयो

लक डाउनमा श्रीमानले छाडेर भागे , पालनपोषण गर्न नसक्ने भयपछि नबजात शिशुको हत्या भयो

उदयपुर घर भई हाल भक्तपुरको सूयविनायक नगरपालिका–६ घलाते बस्ने २२ वर्षीया रमिला राईले आफ्नै शिशुको ज्यान लिएकी छिन् ।

लकडाउन सुरु भएको केही दिनमै श्रीमानले छाडेर सम्पर्क विहीन भएपछि दुई सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेपछि राईले चार दिने शिशुको ज्यान लिएको प्रारम्भिक बयान दिएकी प्रमुख डीएसपी चक्रराज जोशीले बताउनुभयो ।

प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको थियो । मजदुरी काम गर्दै आएकी राईले शिशुको मुखमा कपडा कोचेर ज्यान लिएको अनुसन्धानवाट खुलेको डीएसपी जोशीले बताउनुभयो ।

शिशु ज्यान लिएको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि २१ महिने छोरीसमेत रहेकी उनले दोस्रो सन्तानको रुपमा ४ दिन अघि शिशुलाई जन्म दिएकी थिइन् ।

शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ । प्रहरीले रमिला विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।