गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो।
पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रण भएको जानकारी दिएका छन। आफू गाउँपालिका बाहिर सदरमुकाम तम्घास मात्र भएको भन्दै उनले भनेका छन, ‘यति हुँदाहुँदै मेरो रिपोर्ट पोजेटिभ देखिएकाले धुर्कोट कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएको छ।’
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र केही हप्ता एकान्त बास बस्ने उनले बताएका छन्।