बालबालिकाको सिकाईमा अभिभावक र शिक्षकको भूमिका ।

बालबालिकाको सिकाईमा अभिभावक र शिक्षकको भूमिका ।

वेदराज न्यौपाने

क. सिकाईको अर्थ र परिभाषा अर्थ (Meaning) सुनेको, देखेको, जानेको र भोगेको कुरा लाई प्रतिक्रिया ब्यक्त गर्नु नै सिकाई हो ।
नयाँ(नयाँ ज्ञान चेतना प्राप्त गर्नु सिकाई हो । सकारात्मक सिकाई भनेको व्यक्तिको व्यवहारमा आउने स्थाइ परिवर्तन हो । सिकाई मानसिक प्रक्रिया तथा निरन्तर प्रक्रिया हो । सिकाई सकारात्मक चिन्तनको उपज हो ।
परिभाषा (Defination Calvin ) का अनुसार अनुभवको कारण बाट हाम्रो प्रचलित र मौलिक व्यवाहारमा हुने परिवर्तन सिकाई हो ।
Crow & Crow :- आदत ज्ञान र अभिवृतिहरुको प्राप्तिनै सिकाई हो ।
Gates:- अनुभव र तालिम बाट व्यवहारमा आउने परिवर्तन नै सिकाई हो ।
Garrett:- सिकाई एउटा प्रक्रिया हो जुन तालिम एवं अनुभवको परिणाम नयाँ एवं परिवर्तित प्रक्रिया तर्फ अग्रसर हुन्छ ।
Gange:- सिकाई भनेको मानवको योग्यतामा आउने परिवर्तन हो जसलाई स्मरण गर्न सकिन्छ, तर शारिरिक विकाशको प्रक्रिया संग प्रासङ्गिक गर्न सकिदैन ।
Cronbach :- अनुभवको प्रणाम बाट व्यवहारमा आउने परिवर्तनले सिकाइलार्ई देखाउछ ।
Gates & Others :- अनुभव र तालिम द्धारा व्यवहारमा आउने परिवर्तन सिकाई हो ।
उल्लेखित परिभाषाको आधारमा सिकाई भनेको गेस्टाल्टवादीका अनुसार( सिकारुमा रहेको आन्तरिक समस्या समाधान सम्बन्धि प्रत्यक्षीकरण क्षमताको विकाश सिकाई हो ।
संगठनवादीको द्धष्टिकोणमा( ज्ञान सूचना र अन्तरवुद्धि क्षमताको उच्चतम रुपमा विकाश गर्ने प्रक्रिया सिकाई हो ।
मानसिक अनुशासनको धारणा( मस्तिकमा विभिन्न प्रयोजनकालागी दिमाग हुन्छ, यिनै दिमागहरु द्धारा आवश्यक्ता अनुसार सूचना आदान(प्रदान तथा संयोजन गर्नु नै सिकाई हो ।
व्यवहारवादीको धारणा( उद्पिक र प्रतिक्रियाको संयोजन सिकाई हो ।
शारांशामा व्यवहारको स्थाई परिवर्तन सिकाई हो । (विरामी थकावट, नसालु पदार्थ र परिपक्ता बाट हुने परिवर्तन समावेष हुदैन) र प्रत्यक्ष अवलोकन हुदैन तर व्यक्तिको क्रियाकलापमा देखाउछ । सिकाई अभ्यास र अनुभवमा भर पर्दछ ।

सिकाईको प्रकृति वा स्वरुप


सिकाई जिवन प¥यान्त चलिरहने प्रकृतिको हुन्छ । सिकाई औपचारिक, अनौपचारिकरअनियमितता कुनै पनी रुपमा हुन सक्छ ।
स्थायी परिवर्तन मात्र सिकाई हुन्छ न की क्षणीक परिवर्तन होईन
सिकाई व्यक्ति पिच्छे फरक(फरक हुन्छ उसको पूर्वज्ञान परिपक्कता र अभ्यासमा निर्भर हुन्छ ।
सिकाइलाई उमेर र स्थानले बन्देज नगरी विश्वव्यापी प्रकृतिको हुन्छ ।
सिकाई देख्न सकिदैन, थाहा पाउन उसको ज्ञान धारणा सिप पक्षहरु हेर्नु पर्दछ ।
सिकाई क्रियासिलता बिना हुदैन, सिकाईका लागी उत्प्रेरणा चाहिन्छ ।
सिकाईमा प्रभाव पार्ने तत्वहरु
क. शारिरिक तत्वहरु
सिकाई कस्ले कति हासिल गर्यो भन्ने कुरा उसको व्यक्तिगत रुपमा पनि निर्भर हुन्छ । मानिस जुन रुपमा शारिरिक सक्रियता छ, उतिनै मात्रा सिक्न सक्छ । यस अन्तर्गत निम्न तत्व पर्दछन् ।
सिकाईको उमेर ( सिकाईको उमेरलाई परिपक्कता जनाउछ कम उमेरका मानिस कम परिपक्कता हुन्छ, जसले कम सिक्न सक्छ बढी उमेरको तुलनामा ।
शारिरिक र मानसिक परिपक्कता बिना सिकाई हुदैन केटा र केटीहरुमा कतिपय विषयहरुमा सिक्ने बिषयहरुमा रुचि फरक हुन्छ जस्तै कटीहरुमा डिजाइन, गृह विज्ञान केटाहरुमा राजनितिशास्त्र, खेलकुद आदि ।
सिकारुको स्वास्थ्य
स्वास्थ्य व्यक्तिगत कुरा हो जसले प्रत्यक्ष असर पुराउछ । जो स्वस्थ छ उसले राम्रो संग सिक्न सक्छ ।
सिकारुको रुचि र अरुचि
आफुलाई मन परेको विषयमा बढि ध्यान दिने गर्दछन् भने मननपरेको विषयमा अरुचि देखाउछन् ।
ख. मनोवैज्ञानिक तत्वहरु
मनोवैज्ञानिक वा मानसिक व्यक्तिको मस्तिस्कले गर्ने क्षमतालाई बुझाउछ जस्तै तर्क गर्ने, चिन्तन गर्ने परिस्थितिको पहिचान गर्ने कल्पना गर्ने, आदि ।
मानसिक क्षमता सबैमा समान हुदैन जसको कारण कोही तिक्ष्ण त कोहि मन्द हुन्छन् । मानसिक क्षमता घटि बढी हुनुमा निम्न कुराहरुले असर पार्दछ ।
बंशानुक्रम , वातावरण, पारिवारिक अवश्था, सामाजिक स्थिति, आर्थिक स्थििति, आमा(बाबु, विद्यालय, समाज घटना आदि ।
मानसिक प्रक्रियाको क्षेत्र
संज्ञानात्मक चरण ( यो शाब्दिक चिन्तन हो, जसमा सिकारुले सिप प्रदर्शनको पुर्णाभ्यास गर्दछ ।
संयोजनात्मक चरण( यस चरणमा प्रक्रियाको कार्यदक्षतालाई बुझाउछ । कार्यदक्षताको प्रक्रियाका प्राराम्भिक त्रुटी हरु हटाउने कार्य गरिन्छ ।
स्वचालित चरण( यस चरणमा प्रकृयालाई यसरी संयोजित गरिन्छ जसले गर्दा यस्तो प्रक्रिया स्वचालित चरणमा पुग्छ ।
ज्ञानका क्षेत्रहरु
क. पुनः प्राप्ति
ख. विश्लेष्ण
ग. वोध
घ. ज्ञानको उपयोग
ङ. उच्च संज्ञान
च. स्व( प्रणालि चिन्तन


ग. वातावरणिय तत्वहरु
सिकाई भनेको नै वातावरणिय उपज हो । वातावरण भित्र सम्पुर्ण कुराहरु पर्दछ ।
सिकाइसंग सम्बन्धित वातावरणलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।
१. विद्यालय वातावरण( विद्यालयको वातावरण सफा स्वच्छ आउँ(आउँ लाग्ने, पढौ(पढौ लाग्ने हुनुपर्दछ । यस्तो वातावरण पनि दुई किसिमको हुन्छ ।
क. कक्षा कोठाको वातावरण( छलफल, अन्तरक्रिया, गन्ध नआउने, उज्यालो आदि ।
ख. शैक्षिक वातावरण( खेल मैदान सफा कम्पाउन्ड, प्रयोगशाला, वालउद्यान आदि ।

विद्यालय बाहिरी वातावरण
विद्यालयको बाहिरी वातावरण भन्नाले विद्यालयको चौ घेरा भन्दा बाहिरको क्षेत्रलाई परिभाषित गरेको छ । जस अन्तर्गत मुख्य त समाज नै पर्दछ । हरेक संस्था समाजमा भर पर्दछ । समाज र संस्था एक आर्काको परिपूरक हुन् । समाज राम्रो भयो भने विद्यालय राम्रो हुन्छ । विद्यालय राम्रो भयो भने समाज पनि राम्रो हुन्छ । तसर्थ विद्यालयको बाहिरी वातावरण हर तवरबाट पुर्णता हुनु पर्दछ ।
शैक्षणिक तत्व
शिक्षक पिच्छे फरक फरक विधिहरु बाट अध्यापन गराइने गरिन्छ । सवै विधि सबैको लागि उपयुक्त हुदैन ।
शिक्षकलाई प्रभावकारी बनाउन सक्यो भने सिकाई बढी प्रभावकारी हुन्छ ।
शैक्षणिक तत्वहरु निम्न रहेको छ ।
क. शिक्षकको व्यक्तित्व
ख. सिकारुको आकांक्षा
विषयवस्तु प्रति सिकाईको इच्छा बढी भएमा सिकाई प्रभावकारी हुन्छ ।
विषयवस्तु प्रति इच्छा पैदागर्ने उदेश्य प्रष्ट पार्नुपर्ने हुन्छ । जस्तै, किन पढ्ने?, पढेर के हुने?, कस्का लागी पढ्ने? आदि
ग. अभिप्रेरणा
अभिप्रेरणाले सिकाईमा रहेको निष्कृयतालाई सकृयता वनाउछ, सिकाइले जतिमात्रामा सिक्ने हौसला पायो त्यतिनै सिकाई हासिल गर्न सक्छ ।
घ. समाग्रीको प्रकृति
विषयवस्तुको प्रकृति सिकारुको स्तर अनुसारको हुनुपर्दछ ।
ङ. अभ्यास
अभ्यास गर्ने मौका दिनुपर्दछ, त्यो पनि विषयवस्तुको प्रकृति अनुसार र ज्ञान, सिप, धारणा अनुसार
च. शिक्षण विधी
विद्यार्थी केन्दि«त विधिलाई प्रयोग गर्नपर्दछ जसले गर्दा विद्यार्थीले अभ्यास गर्ने मौका पाउछन् ।

यि माथि उल्लेखित सबै आधारहरुले सिकाई कस्तो, यसको आवश्यक्ता के के छ, सिकाईका आधारहरु के के हुन, भन्ने भावनालाई चिरफार गरेको छ भने, सिकाईलाई उपलब्धी तथा लक्ष्य उन्मुख वनाउनका लागी शिक्षक र अभिभावकको भूमिका अब्बल ठहरिने छ । विद्यालय वालवालिकाहरुको शिक्षा दिने मुल थलो हो । व्यवस्थित, आधुनिक, वैज्ञानिक एवं प्रविधिपुर्ण पाठ्यक्रम प्रयोग हुने ठाउँनै विद्यालय भएकोले पाठ्यक्रमको प्रयोग तथा शिक्षणको नायक, शिक्षकको भूमिका महत्वपुर्ण भनिन्छ किनभने विद्यालयमा वालवालिकाहरु विभिन्न स्थरको साथसाथै विभिन्न व्यक्तिगत विभिन्नता हुन्छन् । त्यस्तै सिकारुहरुमा आर्थिक, सामाजिक, वौद्धिक, धार्मिक, सास्कृतिक, शैक्षिक, र लैङ्गिक विविधता हुन्छन् । ति सबै विविधतालाई एकतामा ढालेर शैक्षिक क्रियाकलापलाई औल्याउनुनै शिक्षकको प्रमुख कर्तब्य बोध हो । अर्थात सबै तहका वा स्तरका विद्यार्थीलाई एकै किसिमको बिधि वा तौरतरीकाले काम गर्दैन, तसर्थ उनिहरुको उमेर, परिपक्कता सिकाइको स्थर, चाख, इच्छा र आवस्यकता लाई अबलङ्गन गर्दैै विभिन्न स्तर एवं तहका विद्यार्थीहरुलाई विषयगत तथा कक्षागत सिकाईको प्रगति विवरण, विद्यार्थीहरुको नियमितता गृहकार्य, एकाइ परीक्षा, त्रैmमासिक, अर्धवार्षिक, वार्षिक परीक्षाको नतिजा देखि लिएर विद्यालय भित्र र बाहिरको अवस्थाको समेतका आधारमा विद्यर्थीका आधारमा विद्यार्थीलाई उपचारात्मक शिक्षण प्रदान गर्नुपर्दछ । विद्यार्थीको रुचि, योग्यता, क्षमता र आवश्यकता बुझ्नका लागि प्रत्यक व्यक्तिलाई मूल्याङ्कनका विभिन्न साधनहरुको प्रयोग गरी अवलोकन गर्नुपर्दछ । विद्यार्थीको ब्यक्तिगत भिन्नता, चाख प्रवृति एवं क्रयाकलाप आदिको अध्ययन गरी व्यक्ति फरक उचित सल्लाहा दिनुपर्दछ । साथै विभिन्न सेमिनार, गोष्ठी, भेला आदिको आयोजना गरी विद्यार्थी, अभिभावक र शिक्षकबिच अन्तरक्रियात्मक वातावरण बाट पनि विद्यार्थीलाई उचित सल्लाह दिनुपर्दछ ।
शिक्षकको साथ साथै वालवालिकाहरुको पहिलो पाठशाला घर परिवार भएकोले विद्यालय जानु पुर्व उनिहरुको सम्पुर्ण पक्षको विकाशको पुर्वाधार घरमानै परिपुर्णता हुनुपर्दछ । अर्थात वालवालिकाको भविष्य कस्तो बनाउने भन्ने पहिलो उत्तरदायित्व परिवार वा बावुआमाको हुन जान्छ । Morning Shows The Day भनेजस्तै भविष्यमा कर्मयोगी बनाउने पहिलो दाहित्व अभिभावकको नै हुन जान्छ ।
आमा बुवाले आ आफ्ना बाल बच्चाहरुलाई नजिकबाट हेर्ने भएकोले र बालवालिकाको रुचि, आवश्यक्ता, राम्रो नराम्रो बानि ब्यहोरा आदि समेत प्रतक्ष रुपमा अवलोकन गर्ने भएकोले सो सम्बन्धि उचित सल्लाहा आफ्ना छोराछोरीलाई वा सम्बन्धित विद्यालयलाई समेत जानकारी गराउनु पर्दछ । बालकको विद्यालय भर्नागर्ने बेलामा बावु नानिमा भएको सम्पुर्ण रुचि, क्षमता, चाख, बानि ब्यहोरा आदि सम्बन्धित विद्यालय र शिक्षकलाई जानकारी गराउनु पर्दछ । आ(आफ्नो बालकको दैनिक जिवनमा आई परेका व्यक्तिगत र सामाजिक नैतिक र संम्बेगात्मक पक्ष सङ् सम्बन्धित समस्याहरु आफु, शिक्षक वा विद्यालय कुन तह बाट समाधान गर्न सकिन्छ, सोहि अनुसार प्रयास गर्नुपर्दछ । निरन्तर विद्यालयको सम्पर्कमा रहि बालकको घरको क्रियाकलाप, विद्यलयको क्रियाकलाप र विद्यालय बाहिरको क्रियाकलाप आदिको कुनै नकारात्मक पक्ष भए विद्यालय सङ् निरन्तर अन्तर्कि्रया गरिरहनु पर्दछ र अन्त्यमा आफ्नो बालबच्चालाई शैक्षिक क्रियाकलापमा सरिक र भाबि लक्षबारे सधै सचेत बनाइ राख्ने ध्यय समेत लाई मध्यनजर गर्नुपर्ने हुन्छ । यसरी सिकारुको अवस्था र यसलाई उचित दिशा निर्देशन गर्नको लागी शिक्षक तथा अभिभावकको भुमिका महत्वपुर्ण हुन्छ ।

प्र.अ, नारायणी ई. पब्लिक स्कुल

वेदराज न्यौपाने