कोरोना पुष्टि भयका अर्का युवकको अबस्था पनि गम्भिर

कोरोना पुष्टि भयका अर्का युवकको अबस्था पनि गम्भिर

कोरोना संक्रमण पुष्टि भयका गुल्मिका युवकको अबस्था गम्भिर बनेको छ ।

रुपन्देहिको क्रिमसन अस्पतालमा उपचाररत ति युवकको पिसिआर परिक्षणका लागि जेष्ठ २ गते स्वाब संकलन गरि भैरहवास्थित प्रयोगशालामा पठाईएकोमा नतिजा पोजेटिभ आयको थियो ।

पेशाले उनि शिक्षक रहेको र जन्डिस रोगबाट ग्रसित रहेको परिवार स्रोतले जानकारि दियको छ ।

उनि जन्डिस रोगको उपचार गर्न जेष्ठ १ गते क्रिमसन अस्पाल आउनुभयको थियो ।

जन्डिसको बिरामि रहेका उनि श्वासप्रश्वासमा समस्या देखियपछि स्थानिय मेडिकलमा सामन्य उपचारपछि थप उपचारको लागि मोटरसाईकलमा राखेर सन्धिखर्क पुर्याइएको थियो ।

सन्धिखर्ककै मेडिकलमा चेकजाचका क्रममा अबस्था असमान्य बनेपछि तत्कालै एम्बुलेन्समा राखेर रुपन्देहिको क्रिमसन अस्पताल पुर्याइएको थियो ।

र तुरुन्तै आईसोलेसनमा राखेर उपचार थिलियको थियो ।

आफन्तले जन्डिसको बिरामि भनेको र कोरोनाको खासै लक्षण नदेखियपछि अस्पतालमा भर्ना गरियको र निमोनियाको आशंकामा २ दिन आइसियुमा राखियको थियो ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि निको भयका छन् । यस्तै २ जनाको मृत्यु भयको छ । मृत्यु हुनेमा १० दिने सुत्केरि महिला र बांकेका युवक रहेका छन् ।

देश चैत्र ११ गतेदेखि जेष्ठ २० सम्म लकडाउनको अबस्थामा रहेको छ ।