श्वाद र गन्ध थाहा नपाउने पनि कोरोनाको लक्षण भयको बेलायतको जनस्वास्थ्य बिभागले पुष्टि गरेको छ ।
यसअघि उच्च ज्वरो आउनु , लगातार खोकि लाग्नु , बान्ता हुनलाई कोरोनाको मुख्य लक्षण मानियको थियो ।
सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरुपमा सो कुराको पुष्टि गरेको छ ।
यसअघि यि लक्षणलाई एनएचएसले कोरोनाको लक्षणमा समाबेश भने गरेको थियन ।
गत महिना यि लक्षण पनि कोरोनासंग सम्बन्धित हुन सक्ने अनुमान मात्रै गरियपनि पुष्टिका लागि थप अनुसन्धान भइरहेकोमा सोमबार सो कुरा पुष्टि गरियको हो ।
बेलायतका जोनाथान भ्यानले सो कुरा पत्ता लगायको बेलायतकाे स्वास्थ्य बिभागले सो जानकारि गरायको हो ।
अब कसैमा यि दुइ लक्षण (श्वाद र गन्ध ) मात्र देखापरेमा एक हप्तामा घरमा एक्लै अर्थात सेल्फ आइसोलेसनमा बस्नु पर्ने छ भने यि बाहेक पुर्वबत लक्षण देखियमा १४ दिन अलग्गै बस्नुपर्ने छ ।
कोरोना संक्रमण भयर हालै अस्पताल भर्ना भयका ९३% मानिसमा सो लक्षण देखा परेको प्रो. ट्यामले दाबि गरेका छन् ।
हाल कोरोना भाईरसका कारण बिश्वभर ३ लाख भन्दा बढि मानिसले ज्यान गुमाईसकेका छन् ।