बच्चाको ओठमा चुम्बन यस कारण नर्गुहोस्

बच्चाको ओठमा चुम्बन यस कारण नर्गुहोस्

साना साना केटाकेटी देखेपछि सबैमे मन पराउछन्। मायाले हामीले चुम्बन गर्ने गर्छौं। पहिले सामान्यतय बच्चाको गालामा चुम्बन गर्ने गरिन्थ्यो भने, अहिले बालबालिकाको ओठमा चुम्बन गर्ने चलन बढ्दो छ।

तर तपाईंले यदि आफ्नो बच्चाको ओठमा चुम्बन गर्नुहुन्छ वा अरुलाई चुम्बन गर्न स्वीकृति दिनुहुन्छ भने तपाईंले बच्चाको स्वास्थ्यमा खेलबाड गर्दै हुनुहुन्छ। सन् २००१ मा एक जना ब्रिटिश महिलाले आफ्नो शिशुको तस्बिर सामाजिक सञ्जालमा राखेकी थिइन्। उक्त तस्बिरमा उनको बच्चाको मुख र अनुहारमा भयावह संक्रमण देखिन्थ्यो। उनका अनुसार एक जना महिलाले बच्चाको ओठमा चुम्बन गरेकी थिइन्।

उक्त चुम्बनको माध्यमले ती महिलामा भएको हप्र्स सिम्प्लेक्स भाइरस बच्चामा सरेको थियो, जसले गर्दा बच्चा त्यो स्थितिमा पुगेको थियो। उक्त भाइरस आफूमा भएको बारे महिला आफै अनभिज्ञ थिइन्। त्यस्तै २०१३ मा आफ्नै बाबुको चुम्बनले गर्दा बच्चामा संक्रमण भएको थियो। ती बच्चाको विभिन्न अंगहरुमा संक्रमण भएको थियो। उनका बाबुमा हप्र्स सिम्प्लेक्स भाइरस भएको पत्ता लागेको थियो।

यो पनि पढ्नुहोस

मानव जीवनमा यौन सम्बन्ध शारीरिक सुखका लागि मात्रै होइन । यौन सम्बन्धले शारीरिक सुखसँगै मानसिक रुपमा पनि व्यक्तिलाई सहज अवस्था प्रदान गर्छ। यसका विभिन्न स्वास्थ्य फाइदा पनि छन् ।

हप्तामा एक-दुई पटक यौन सम्बन्ध कायम गर्दा व्यक्तिको रोग प्रतिरोधात्मक प्रणाली बलियो बन्छ । यौन सम्बन्ध र मस्तिष्कको क्षमताबिच पनि सकारात्मक सम्बन्ध रहेको छ ।

आरामको निन्द्राका लागि यौन सम्पर्क विशेष लाभदायी हुन्छ । विशेष गरी पुरुषहरु यौन सम्पर्कपछि राम्रोसँग निदाउने गर्छन् । यौन सम्पर्कका बेला शरीरबाट केही यस्ता हर्मोनहरु बाहिरिन्छन्, जसले शरीरमा रहेका दुखाईहरु कम गर्न सहयोग गर्छ ।

प्रोस्टेटको सुरक्षाका लागि पनि यौन सम्बन्ध फाइदाजनक हुन्छ । बारम्बार बिर्य स्खलन हुँदा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ ।

यौन सम्बन्धमा तनावहरुबाट मुक्त गराउन सक्ने क्षमता हुन्छ । यसलाई तनाव मुक्त हुने प्राकृतिक उपायका रुपमा लिने गरिएको छ ।विभिन्न रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बिस्तारमा पनि यौन सम्बन्धको सकारात्मक भूमिका रहन्छ ।

यौन सम्बन्धले व्यक्तिको वैचारिक सीप वा क्षमतामा राम्रो प्रभाव पर्ने गर्छ । विशेष गरी पाको उमेरका व्यक्तिमा यस प्रकारको लाभ देखिन्छ ।

मुटु सम्बन्धी रोगको जोखिम कम गर्न यौन सम्बन्ध प्रभावकारी हुने अध्ययनहरुले देखाएका छन् । हप्तामा दुई वा त्यो भन्दा बढी पटक यौन सम्बन्ध कायम गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग वा समस्याको जोखिम कम हुन्छ ।

कतिबेला आवश्यक हुन्छ सेक्स डिटाक्स ?

सक्रिय यौन जीवन शारीरिक तथा मानसिक दुबै स्वस्थ्यका लागि अपरिहार्य मानिन्छ । जब दम्पतीबीच सक्रिय यौन सम्बन्ध स्थापित हुन्छ, उनीहरु शारीरिक रुपले तन्दुरुस्त हुन्छन् ।

मानसिक रुपले सन्तुष्ट र फ्रेस हुन्छन् । त्यसैले त भन्ने गरिन्छ, दम्पतीले हप्तामा दुई चोटीसम्म शारीरिक सम्बन्ध बनाउनु उपयुक्त हुन्छ ।

विभिन्न कारणले हामीमा यौन सिथिलता आउने गर्छ । चाहेर पनि हामी यौनमा सक्रिय हुन सक्दैनौ । यसो हुनुमा एक मात्र कारण हुँदैन । कतिपय अवस्थामा शारीरिक समस्याले पनि हामी यौनमा उदासिन हुन पुग्छौं ।

कतिपय अवस्थामा मानसिक समस्याले पनि । किनभने यौनमा शरीर मात्रको उपस्थितीले पुग्दैन । मानसिक इच्छाले मात्र पनि काम गर्दैन ।

सक्रिय यौनका लागि शारीरिक र मानसिक दुबै रुपमा उत्तिकै तयार हुनुपर्छ । जब दम्पतीले यौनमा सुखभोग गर्न सक्दैनन्, उनीहरु मानसिक रुपले रोगी बन्दै जान्छन् । यसले उनीहरुको सुदूर भविष्यमा खतरा निम्त्याउन सक्छ ।

यौनको नविकरण

त्यसैले यौनको सन्दर्भमा पति र पत्नी दुबै उत्तिकै जागरुक हुन आवश्यक छ । यदि यौन जीवन सुखमय भएको छैन भने दम्पतीबीच यस विषयमा खुला छलफल हुन आवश्यक छ ।

के कारणले यौनमा सन्तुष्ट मिलिरहेको छैन ? कारण खोतल्नुपर्छ । जब समस्या फेला पर्छ, निदान खोज्न गाह्रो हुँदैन । कतिपय अवस्थामा शारीरिक कमजोरी, रोग आदिले यौनमा असर गर्छ ।

विभिन्न रोग छन्, जसको सोझो प्रभाव यौन जीवनमा पर्छ । त्यस्ता रोगहरुको पहिचान हुनुपर्छ । यद्यपी यौनमा मानसिक उपस्थिती उत्तिकै अपरिहार्य मानिन्छ ।

जब तनाव हुन्छ, धपेडी हुन्छ, आक्रोस वा कुनै पनि किसिमको मानसिक विकार हुन्छ, तब यौनमा सक्रियता जनाउन सकिदैन । त्यसैले यौन सुखका लागि मानसिक विकार त्याग्नैपर्छ ।

यौनमा विषहरण

विषहरण एक प्रक्रिया हो, जसको माध्यामबाट शरीरबाट विषाक्त पदार्थ बाहिर निकालिन्छ । त्यसपछि हामी उर्जावान, स्वस्थ्य र ताजगी अनुभव गर्न सक्छौं ।

ठीक यहि किसिमले रिलेसनसिपमा पनि कुनै बेला टक्सिन भरिन सक्छ । यसले दाम्पत्य सम्बन्धमा अविश्वास, दिक्दारी आदि पैदा गर्छ । यसको नतिजा यौन जीवनमा असन्तुलन आउन सक्छ । यौन जीवनबाट यस्ता टक्सिन हटाउनैपर्छ ।

कतिबेला आवश्यक हुन्छ सेक्स डिटाक्स ?

– जब दम्पतीबीच प्रेममा चिसोपन आउँछ । एकअर्कामा पहिले जस्ता आकर्षण महसुष गर्दैनन् ।

– पति/पत्नीमा आफ्ना बच्चा, करियर, काम, घर-धन्दाको कुराले मात्र स्थान पाउन थाल्छ । अन्तरंग कुराकानी हुन पाउँदैन ।

– आफ्ना पार्टनरसँग भएर पनि अलग्गै जीवन व्यतित गरिन्छ । दुबैले एकअर्कालाई समय दिन सक्दैनन् । एकसाथ दुबै बस्ने वा समय विताउने इच्छा हुँदैन ।

– एउटै ओछ्यानमा भएर पनि दुबैले आफुलाई एक्लो महसुष गरिन्छ ।