एउटै दुर्घटनामा बाबु छोराको ज्यान गयो , परिवार बिक्षिप्त , गांउ शोकमा

एउटै दुर्घटनामा बाबु छोराको ज्यान गयो , परिवार बिक्षिप्त , गांउ शोकमा

डोटिमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भयको छ । घागलबाट धनगडि जांदै गरेको मालबाहाक ट्रक दुर्घटना ग्रस्त हुदा २ जनाको ज्यान गयको प्रहरिले जानकारि दियको छ ।

मृतक दुइजना बाबुछोरा रहेको खुल्न आयको छ । मृत्यु हुनेमा ४० बर्षिय डबल पुन मगर र उनका १३ बर्षिय छोरा धिरज रहेको जिल्ला प्रहरि कार्यलय डोटिले जनायको छ । उक्त ट्रकमा ६ जना यात्रा गरेका थिय अन्य ३ जना भने गम्भिर घाइते भयका छन् उनिहरुका उपचार भइरहेको पनि प्रहरिले जनायको छ ।

दुर्घटा भयपछि ट्रकका चालक भने फरार भयका छन् उनको खोजिकार्य भैरहेको प्रहरिले जनायको छ । ट्रकलाइ भने जिल्ला प्रहरि कार्यलय डोटिले नियन्त्रणमा लियको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

यसै बिच यता चितवनको माडीमा निर्माणाधिन भवनको छतबाट खस्दा २ मजदुर घाइते भयका छन् । घाइते मध्ये एकको अबस्था गम्भिर भयपछि थप उपचारको लागि सदरमुकाम भरतपुर पुर्याइयको छ ।

उनिहरु माडीको बरुवा स्थित वीजवृद्दि केन्द्रको भवन निर्माणका काममा खटियका थिय । घाइते हुनेहरुमा माडी नगरपालिका वडा नं २ , जिबनपुरका बर्ष अन्दाजि ६८ बर्षिय लोक प्रसाद महत्व रहेका छन् । उनलाई माडिमै प्राथामिक उपचार पछि थप उपचारको लागि भरतपुर लगियको छ ।

घाईते महत्वको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।

यसै बिच माडीमा नै एक युवकको शंकास्पद मृत्यु भयको छ । माडी गोपालनगरमा आइतबार सांझ २२ बर्षिय युवक गौरव थापाको रहस्यमय मृत्यु भयको हो । घटनाको अनुसन्धानका लागि भन्दै प्रहरिले ८ जनालाई सोधपुछको लागि नियन्त्रणमा लियको छ । उनिसंगै खाजा खान बसेका साथिहरुलाई प्रहरिले नियन्त्रणमा लिइयको हो । शब पोस्टमार्टमका लागि भरतपुर लगियको छ ।पोस्टमार्टम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने प्रहरिले जनायको छ ।