रुकुम घटनाका मृतकलाई शहीद घोषणा गर्न माग

रुकुम घटनाका मृतकलाई शहीद घोषणा गर्न माग

राष्ट्रिय दलित पत्रकार संघ नेपालले रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ मा यही जेठ १० गते भएको घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग गरेको छ ।

एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गर्दै सङ्घले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कानूनी कारवाही गर्न सुझाव दिएको छ ।

संघका उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन टोलीमा अधिवक्ता बद्रीप्रसाद भुसाल तथा दलित अधिकारकर्मी गोपाल नेपाली, भीम घिमिरे र चिन्ता परियार थिए । रासस