नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १ हजार ७९३ पुग्यो

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १ हजार ७९३ पुग्यो

नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

डा देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा संक्रमित संख्या १ हजार ७९३ पुगेको छ।