बाढीले बगाउँदा २ जना बेपत्ता

बाढीले बगाउँदा २ जना बेपत्ता

कैलालीको चुरे गाउँपालिका वाड नं. १ मिलनपुरमा बाढीले बगाउदा २ जना बेपत्ता भएका छन् ।

रातभर परेको अविरल बर्षाले सोमबार बिहान करिब ४ बजेतिर खोलाको छेउमा पालमुनि अस्थाई शिबिर बनाई बसेका मजदुरलाई बगाएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ ।

सहजपुर बोक्टान खण्डमा काम गर्ने १६ जना मजदुरले पातली खोलाको किनारामा पालमुनी अस्थाई शिविर बनाएर बसेका थिए ।

बाढीले बेपत्ता हुनेमा कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका गुलरियाका ४० वर्षीय कमल थापा सोही स्थानका २४ वर्षीय गोपाल बि.क रहेको ईलाका प्रहरी कार्र्यालय फलटुडेका प्रहरी निरिक्षक माधब विश्वकर्माले बताए ।

बेपत्ता भएका कमल थापाका छोरा पुष्कर थापासहित १४ जना मजदुर सुरक्षित रहेको समेत निरिक्षक विश्वकर्माले बताए उनले भने, ‘पानी निरन्तर परिरहेको छ, प्रहरीसंग छाता बाहेक अन्य केही सुरक्षा सामाग्रीहरु नहुँदा खोजी कार्य जारी रहेपनि बेपता व्यक्तिहरु भेटाउन सकिएको छ्रन् ।’