चितवनको रत्ननगरमा हिजो र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी परीक्षणमा एक जना महिलामा कोरोना देखिएको भनिएकामा पीसीआर परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । यो संगै भरतपुरमा आइतबार र सोमबार संकलन भएको नमुनाको रिपोर्टमा कसैलाई पनि कोरोना देखिएको छैन । कुल ७९ वटा नमुना मध्ये सबैको परिक्षणमा कोरोना नदेखिएको भरतपुर अस्पतालले जनाएको छ। चितवनमा अहिले सम्म कोरोना संक्रमीतको संख्या दुई छ ।
आरडीटीमा कोरोना देखिएको चितवनको एक महिलाको पीसीआरमा कोरोना नभएको पुष्टि
![आरडीटीमा कोरोना देखिएको चितवनको एक महिलाको पीसीआरमा कोरोना नभएको पुष्टि](https://i2.wp.com/www.bhindaikura.com/wp-content/uploads/2020/04/Covid_19_corona_rapid_test_kit-.jpg?fit=1000%2C667&ssl=1)