७ वर्षीया छोरीको घाँटी थिची हत्या गरे, आत्महत्या गरेको भन्दै अस्पताल लगे

७ वर्षीया छोरीको घाँटी थिची हत्या गरे, आत्महत्या गरेको भन्दै अस्पताल लगे

पर्सा प्रहरीले आफ्नै छोरीको हत्या गरेर आत्महत्या गरेको देखाउने बाबुलाई पक्राउ गरेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैया टोलका २९ वर्षीय संजय सर्राफ भनिने संयज कुमार साहले गत चैत ११ गते आफ्नी छोरी झुन्डिएको अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

७ वर्षीया छोरीले अंशुले आत्महत्या गर्न खाजेको भन्दै संजयले झुन्डिएको अवस्थामा फेला पारेर अस्पताल लैजान लगेको प्रहरीलाई सूचना दिएका थिए ।

केही छिनपछि उनले छोरीलाई वीरगन्जको नारायणी अस्पताल लैजान लगेकामा बाटोमै मृत्यु भएको अर्को सूचना प्रहरीलाई दिए ।

प्रहरी उनको घरमै पुग्यो । शवको पोस्टमार्टमका लागि नारायणी अस्पतालमै लगियो । पोस्टमार्टमका क्रममा बालिकाको मृत्यु भनिएको समयभन्दा निकै अगाडि भएको फेला पर्‍यो ।

त्यसपछि प्रहरीले बालिकाको हत्या हुन सक्ने आशंका गर्‍यो । अन्ततः बालिकाको हत्यामा बाबु संजयकै हात रहेको निष्कर्षसहित प्रहरीले वैशाख ४ गते उनलाई पक्राउ गर्‍यो ।