न्यूनतम् आवागमन खुला गर्ने निर्णय

न्यूनतम् आवागमन खुला गर्ने निर्णय

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम् आवागमन खुला गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले तत्कालका लागि न्यूनतम् आवागमन खुला गर्ने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

खाद्य सामाग्री बोकेका ढुवानीको र देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न र श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्‍याउने व्यवस्था मिलाउनका लागि न्यूनतम् आवागमन खुला गर्ने निर्णय गरिएको हो ।

समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रहसमेत गरेको छ ।

समितिले शुक्रबार सबै प्रदेशका मुख्यमन्त्रीसँग कोरोनाभाइरसको संक्रमणसँग जुध्नका लागि गरिएका प्रयासबारे पनि जानकारी लिएको छ ।