कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै

कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै

स्पेनमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै भएको छ ।

आज थप ४ सय ४३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३४ सय ३४ पुगेको छ । यो संख्या चीनमा कोरोनाबाट मृत्यु हुनेको भन्दा १ सय ५३ ले बढी हो ।

कोरोना भाइरसको उद्भव मानिएको र महामारी फैलिसकेको चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ३२ सय ८१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित भएका छन् । थप ५५ सय ५२ मा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ४८ हजार नजिक पुगेको हो ।

उपचारारत २६ सय भन्दा बढीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मृतकका संख्याका आधारमा अब सबैभन्दा बढी प्रभावित हुने देशहरुमा क्रमश इटाली, स्पेन, चीन, इरान, फ्रान्स र अमेरिका छन् ।