ब्रेकिङ – आइसोलेसनमा राखिएका यादवको मृत्युको कारण ‘कोरोना हैन, अटो इम्युन डिजिज’

ब्रेकिङ – आइसोलेसनमा राखिएका यादवको मृत्युको कारण ‘कोरोना हैन, अटो इम्युन डिजिज’

चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ ।  टेकु प्रयोगशाला श्रोतले उज्यालोलाई दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो । 

यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो । UjyaaloOnline मा समाचार छ

पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि  चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवलाई आइसोलेसनमा राखिएको थियो ।