नेपालले टस जित्याे, हङकङविरुद्ध फिल्डिङ गर्दै

नेपालले टस जित्याे, हङकङविरुद्ध फिल्डिङ गर्दै

एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा नेपाल हङकङसँग खेल्दैछ ।

थाइल्याण्डको बैङ्ककमा हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । शनिबारकाे खेलमा मलेसियासँग २२ रनले पराजित भएसँगै नेपालाई याे खेल जित्नुपर्ने दबाब छ । 

नेपाल र हङकङले टी–२० क्रिकेटमा आठ खेल खेलेकोमा दुवै देशले चार–चार वटा खेल जितेका छन् । पाँच देश सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले एसिया कप छनोटमा पश्चिमी क्षेत्रबाट छानिएका दुई देशसँग खेल्नुपर्नेछ ।