प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको आजदेखि निरन्तर सुनुवाई

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको आजदेखि निरन्तर सुनुवाई

प्रतिनिधिसभा विघटन सम्बन्धमा परेका रिटमाथि आजदेखि सर्वाेच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित १४६ जना सांसदले दिएको रिटमा सबैभन्दा पहिला सुनुवाइ हुनेछ । उक्त रिटको बहसका लागि निवेदक पक्षले १२ घण्टा र जवाफी बहसका लागि तीन घण्टा छुट्याइएको छ।

पहिलो दिनको सुनुवाइमा देउवा पक्षले आफ्नो तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्ने भन्दै सर्वोच्च अदालत प्रशासनलाई सूचना दिइसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेका थिए । विघटन गर्नुअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए।

संसद विघटन सम्बन्धी मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पेश गरिसकेका छन् ।जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन्।

देउवालाई प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा ३० रिट परेका छन्। सर्वोच्चले ती सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको छ।