अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा रोल्पामा ३ जनाको मृत्यु भएको छ ।
गएराति साँढे १२ बजेतिर आएको पहिरोमा परी रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको मृत्यु भएकाे हो ।
सोही घरमा सुतिरहेका अन्य तीन जना भने सकुशल रहेकाे जनाएकाे छ । प्रहरीकाे टाेली घटनास्थल जाँदै गरेकाले थप विवरण आउन बाँकी रहेकाे छ। मनसुन शुरू भएकाे दाेस्राे हप्ता नपुग्दै बाढी पहिराेमा परेर २५ जनाकाे मृत्यु भइसकेकाे छ भने केही अझै वेपत्ता छन् ।