चमेरोबाटै कोभिड–१९ को सुरुवात भएको हुनसक्ने हङकङमा गरिएको अध्ययनको निष्कर्ष

चमेरोबाटै कोभिड–१९ को सुरुवात भएको हुनसक्ने हङकङमा गरिएको अध्ययनको निष्कर्ष

कोभिड–१९ को महामारी फैलाउने नोबेल कोरोनाभाइरस एसियामा पाइने चमेरोबाट सुरु भएको हुन सक्ने हङकङ विश्वविद्यालयमा गरिएको एक नयाँ अध्ययनले देखाएको छ । विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्ययनकर्ताहरुले चिनियाँ ‘हर्ससू’ प्रजातिका चमेरोको आन्द्राको कोषिकाहरुको समूह ल्याबमा तयार पारेका थिए । अनुसन्धानकर्ताहरुले सार्स–कोभ–टु (Sars-CoV-2) लाई उक्त कोषिकामा सजिलै कोरोनाभाइरस संक्रमित गराउन सफल भएका थिए । यस्ता प्रजातिका चमेरो चीन, भारत, नेपाल, भियतनामलगायतमा पाइन्छ ।

यसअघि, एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को भाइरस पनि चमेरोकै प्रजातिले बोक्ने गरेको पत्ता लागेको थियो । उक्त भाइरस नोबेल कोरोनाभाइरससँग मिल्दोजुल्दो छ । अनुसन्धानको नेतृत्व गरेका डा. युएन क्वोक युङ भन्छन्, ‘सार्स–कोभ–टु को मूल ‘होस्ट’ चिनियाँ ‘हर्ससू’ चमेरो हुनसक्छ ।’ तर, यो यकिन गर्न थप अनुसन्धान आवश्यक रहेको युएन बताउँछन् ।

यो अनुसन्धान अन्तर्राष्ट्रिय जर्नल ‘नेचर मेडिसिन’मा बुधबार प्रकाशित भएको हो ।

यतिबेला नोबेल कोरोनाभाइरसको उद्गम कहाँबाट भयो भनेर चीन र अमेरिकाबीच कुटनीतिक तनाव जारी रहेको छ । वासिङट्नले चीनको ल्याबमा यो भाइरस तयार गरिएको आरोप लगाएको छ भने चीनले गत अक्टोबरमा ऊहानमा आयोजित मिलिटरी वर्ल्ड गेममा भाग लिन आएका अमेरिकी सेनाबाट यो फैलिएको आरोप लगाएको छ ।

विस्तृतमा : साउथ चाइना मोर्निङ पोष्ट