‘धूमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी’

‘धूमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी’

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण वयस्क उमेर समूहका व्यक्तिहरुमा देखिँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।

मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा दुईमहिने शिशुदेखि ८१ वर्षका वृद्धासम्ममा संक्रमण देखिइसकेकाले सबै उमेर समूहका व्यक्तिलाई सचेत हुन आग्रह गरे ।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा अझ संक्रमणको जोखिम बढी हुने भन्दै मन्त्रालयले त्यस्ता पदार्थ प्रयोग गर्न छोड्न अपिल गरेको छ ।

अहिलेसम्म देशभर १७ हजार ८०९ जनामा ‘पीसीआर’ परीक्षण गरिएको छ भने ५८ हजार ५४६ जनामा ‘आरडीटी’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

देशभर १२ हजार ७०१ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने १५३ जना ‘आइसोलेसन’कक्षमा रहेको पनि डा. देवकोटाले जानकारी दिए ।

आइसोलेसनमा बस्नेहरु प्रदेश नम्बर–५, प्रदेश नम्बर–२ र वाग्मती प्रदेशमा बढी रहेका छन् भने सबैभन्दा कम काठमाडौंमा रहेका छन् ।

८८ जना संक्रमितहरुको भने देशभरका अस्पतालहरुमा उपचार भइरहेको छ ।