प्रहरीमाथि हातपात गर्ने चिनियाँ विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी

प्रहरीमाथि हातपात गर्ने चिनियाँ विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी

देश फिर्तीको माग गर्दै शुक्रबार सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिका चार चिनियाँ नागरिकमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।

शुक्रबार प्रदर्शनका क्रममा उनीहरु प्रहरीमाथि जाइलागेका थिए ।

पक्राउ परेका ४७ जनामध्ये ४२ जनालाई शुक्रवार राति नै छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र राठोरले जानकारी दिए ।

प्रहरीमाथि हातपात गरिएका कारण चार जनामाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।

निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिकलाई हटाउन खोज्दा उनीहरु प्रहरीमाथि जाइलागेका थिए ।

प्रहरीको बर्दी तान्ने र हातपाता उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस क्रममा भएको झडपमा परी केही चिनियाँ सहित प्रहरी अधिकारीसमेत घाइते भएका थिए ।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चोट लागेको थियो।