गम्भीर विरामी परेको भनिएका उत्तर कोरियाली नेता किम सार्वजनिक कार्यक्रममा देखिए

गम्भीर विरामी परेको भनिएका उत्तर कोरियाली नेता किम सार्वजनिक कार्यक्रममा देखिए

 उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन् ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका थिए ।

नेता किम अप्रिल १२ यता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनभएको अनुमान गरिएको छ ।

त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुनसक्ने भन्दै विश्वव्यापी चासो बढेको थियो ।

तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको बताएका थिए ।

नेता किम अप्रिल १५ मा हजुरबुवा किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए ।

नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको नेतृत्वमा छन् (एजेन्सी)

यो पनि पढ्नुहोस

पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोनाको सङ्क्रमण

। पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।

देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उनका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो ।

आफु कोरोनाभाइरसबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिएका छन् । उनले आफु सङ्क्रमित भएको पुष्टि भएकाले आफै क्वारेन्टाइनमा बसेको पनि बताएका छन् ।

उनले लेखेका छन्, “मलाई कोरोनाभाइरसको परिक्षण गर्दा सङ्क्रमण भएको नतिजा देखिएको छ, त्यसैले म मेरै घरमा क्वारेन्टाइनमा बसेको छु ।”

पाकिस्तानमा शुक्रबारसम्म देशभरी ११ हजार ७४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमितमध्ये चार हजार १०५ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अहिले सङ्क्रमण अवस्थामै रहेकामध्ये १५३ जनाको अवस्था गम्भीर छ भने अहिलेसम्म कुल ३६१ जनाको मृत्यु भएको छ ।

यसअघि तीन दिन पहिलो सिन्ध प्रान्तका गभर्नर इमरान इस्माईललाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको थियो ।

पाकिस्तानमा सवैभन्दा धेरै सङ्क्रमण पञ्जा प्रान्तमा देखिएको छ । पञ्जावमा छ हजार २२० जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी छ हजार ५३ जना सिन्ध प्रान्तमा, दुई हजार ३१३ जना खैबर पख्तुन्ख्वामा, ९७८ जना बालुचिस्तानमा, ३३९ जना गिल्गिट बाल्टीस्थानमा, ३१३ जना इस्लामावाद प्रदेशमा र ६६ जना पाकिस्तान नियन्त्रीत जम्मु काश्मिर प्रदेशमा सङ्क्रमितहरु रहेको जनाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार देशभरी १५० भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । ती मध्ये केही चिकित्सक पनि रहेका छन् ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु भएका मध्ये पाँच जना स्वास्थ्यकर्मीहरु पनि परेको जनाइएको छ ।

स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० पर्याप्त रुपमा उपलब्ध नभएकाले उनीहरुमा सङ्क्रमण फैलिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । रासस÷एएफपी