चितवनका कोरोना संक्रमित युवक निको भए, आज डिस्चार्ज हुने

चितवनका कोरोना संक्रमित युवक निको भए, आज  डिस्चार्ज हुने

चितवनका कोरोना संक्रमित एक युवकको तेस्रो पटक गरिएको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ ।

(शुक्रबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पुनः परीक्षणमा राप्ती नगरपालिका–८ का २७ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकरी दिए । उनले भने–‘कोरोना संक्रमण देखिएपछि दुईपटक पुनः परीक्षण ग¥यौं, दुई पटक नै रिपोर्ट नेगेटिभ आएको छ ।’ यो रिपोर्टले ती युवक निको भएको पुष्टि भएको छ । उनको डिस्चार्ज बारे आज बस्ने मेडिकल टिमको बैठकले निर्णय लिने सूचना अधिकारी पौडेलले बताए ।