झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि,संक्रमितको संख्या ४९ पुग्यो

झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि,संक्रमितको संख्या ४९ पुग्यो

आज थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परिक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।